२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किए : सभामुख घिमिरे

मध्यान्ह
२०८२ जेठ २३ गते १२:३६
संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किए : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित “जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण” विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विभिन्न विधेयकहरूलाई कानुनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको बताए । उनले संसद चल्न नसक्दा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा सम्बन्धी ऐन लगायतका ऐनहरू अड्किएर बसेको जिकिर गरे ।

उनले संसदमा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यको लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले कानुन बनाउने, कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे ।  

उनले कार्बन उत्सर्जन गर्ने कामहरूलाई नियन्त्रण गर्न तत्कालै नलागे भविष्यको मात्रै नभएर आजकै जीवन गम्भीर बन्ने उल्लेख गरे ।

ADV

सम्बन्धित खबर