२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

बरदुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

मध्यान्ह
२०८२ जेठ २३ गते ११:२९
बरदुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

दुबई : संयुक्त अरब इमिरेट्स (यूएई)को बरदुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्ट हाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । तीन महिनादेखि बन्द उक्त रेष्टुरेन्ट पुन: सञ्चालनमा आएको हो ।

यूएईमा दुई दशक भन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । नेपालीहरू बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए ।

सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना यूएई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो ।

उनका अनुसार जुन ४, २०२५ मा यूएई सरकार र नगरपालिका तथा अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन र सजावटसहित रेष्टुरेन्ट पुन: सञ्चालनमा ल्याइएको गुरागाईले बताए ।

नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा यूएई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र रेष्टुरेन्ट सञ्चालनमा आएको छ । उक्त रेष्टुरेन्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए  । रेष्टुरेन्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरूलाई खुला भइसकेको उनको भनाइ छ ।

ADV

सम्बन्धित खबर