२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई १० हजार जरिवाना

मध्यान्ह
२०८२ जेठ २३ गते १०:३६
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई १० हजार जरिवाना

गाईघाट : त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्ड विपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशासनले जरिवाना गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो ।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । 

ADV

सम्बन्धित खबर