काठमाडौंः नेपाल प्रहरीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिएको छ ।
बिहीबार प्रहरी हेडक्वाटरले डीआईजी घिमिरेलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापा थिए ।
एसएसपी थापालाई हेडक्वार्टरले सहप्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ ।