२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

विषय प्रवेश नगरी प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

मध्यान्ह
२०८२ जेठ २२ गते १७:५५
विषय प्रवेश नगरी प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौँः  प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षीको अवरोधका कारण बिहीबार बसेको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो । 

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका थिए । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै विपक्षी सांसदहरू उठेर विरोध गरेका हुन् । 

सभामुख घिमिरेले भने विपक्षी सांसदहरूलाई बसेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरिरहेपनि अवरोध कायमै रहेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरे । 

विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन् । 

ADV

सम्बन्धित खबर