२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

बुटवलमा दर्ताबिनै औषधि क्लिनिक र ल्याब

मध्यान्ह
२०८२ जेठ २२ गते १७:२२
बुटवलमा दर्ताबिनै औषधि क्लिनिक र ल्याब

रुपन्देही : बुटवलको मुख्यबजारमा रहेका नाम चलेका मेडिकल पसल पनि दर्ताबिनै संचालन भएको भेटिएको छ । मानिसको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा चरम लापरबाही हुने गरेको जनगुनासो बढेपछि जिल्ला अनुगमन समितिले मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयसहितको टोलीले गरेको अनुगमनबाट बुटवलमा दर्ताबिना सञ्चालनमा रहेका ८ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरिएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवल क्षेत्रका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा ८ वटा क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको भेटिएपछि बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले जानकारी दिए ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ रुपन्देही, उपभोक्ता हित संरक्षण मन्च लगायतको टोलीले अनुगमन गरेको थियो ।

मेडिकल क्लिनिक, ल्याव, र फार्मेसी गरी ११ वटा पसलको अनुगमन गरेकोमा ८ वटाले दर्ता नगरी वर्षौँदेखि सञ्चालन गरेको पाइएको हो ।

अनुगमन टोलीले बुटवल अस्पताल लाइनमा रहेको शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिक बन्द गराइएको हो ।

अनुगमन टोलीले अस्पताललाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गरेको छ । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए ।
 

ADV

सम्बन्धित खबर