२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु

मध्यान्ह
२०८२ जेठ २२ गते १०:०३
धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु

काठमाडौँ : धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी व्यावसायिक तालिम सुरु भएको  छ । दक्ष जनशक्तिको बढ्दो मागलाई ध्यानमा राख्दै धनगढीमा १५ दिने स्पा तथा वेलनेस थेरापी तालिम सुरु भएको हो ।

तालिम व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी, कैलाली र प्रादेशिक आयुर्वेदिक चिकित्सालय, कैलालीको सहकार्यमा सञ्चालन भइरहेको छ । जेन स्पा काठमाडौँ र स्पा संघ नेपालले तालिममा प्राविधिक सहयोग प्रदान गरेका छन् । जेठ १७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने तालिममा १५ जना महिला र ७ जना पुरुष, गरी २२ जना सहभागी छन् ।

सहभागीहरूलाई स्पा सेवा, मसाज प्रविधि, वेलनेस थेरापी, ग्राहक व्यवहार र व्यावसायिक अनुशासनसम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिइँदैछ । तालिमको समायोजन वरिष्ठ कविराज निरीक्षक गजेन्द्र प्रसाद कुशवाहाले गरिरहेका छन् भने प्रशिक्षक बिनिता ठोकरले प्रशिक्षण दिइरहेकी छन् ।

रोजगारीको सुनिश्चितता आयोजक संस्थाका अनुसार, तालिमपश्चात सहभागीहरूलाई रोजगारीको ग्यारेन्टी दिइनेछ । सफल प्रशिक्षार्थीहरूलाई देशभरका विभिन्न स्पा तथा वेलनेस सेन्टरहरूमा रोजगारीको अवसर प्रदान गरिनेछ भने स्वरोजगार चाहनेलाई परामर्श र प्राविधिक सहयोगसमेत उपलब्ध गराइनेछ ।

उच्च माग र राम्रो आम्दानीको क्षेत्र स्पा तथा वेलनेस क्षेत्र हाल द्रुत रूपमा विस्तार भइरहेको क्षेत्र हो । दक्ष जनशक्तिको अभाव भएको यस क्षेत्रमा आकर्षक आम्दानीको सम्भावना रहेको र विदेशमा पनि रोजगारीका अवसर व्यापक रहेको बताइएको छ । यस तालिमले स्थानीय स्तरमै रोजगारी र उद्यमशीलता विकास गर्न मद्दत गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।

ADV

सम्बन्धित खबर