२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मध्यान्ह
२०८२ जेठ २१ गते १९:५७
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं : मोडल तथा कलाकार रिया गुरुङ (उज्जेली)ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन् । 

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

कलाकार रिया गुरुङ (उज्जेली) यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् । 

कलाकार गुरुङले यस किसिमको सहयोगको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री प्राप्त भएको छ, जसले उनीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् ।

स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी मावि. का प्रधानाध्यापक सूर्यमान गुरुङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका छन् । उनले भने, "रिया गुरुङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्‍याउने छ ।"

ADV

ताजा खबर

सम्बन्धित खबर