२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

दुर्घटनामा २ जनाको मृत्यु, दुई घाइते

मध्यान्ह
२०८२ जेठ २१ गते १५:५५
दुर्घटनामा २ जनाको मृत्यु, दुई घाइते

रौतहट : रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा २ वटा सवारी साधन आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बुधबार पूर्व–पश्चिम राजमार्गमा सर्लाहीको बरहथवादेखि चन्द्रनिगाहपुरतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको ईभी हाईस र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–००१ ख ६०० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा ईभी हाईसमा सवार सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

त्यस्तै सोही हाईसमा रहेका रामनगरकी १ वर्षीया रानी कुमारी यादव र दुर्गाभगवती गाउँपालिका ५ बडेर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ का ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ का २१ वर्षीय आकाश सिंहलाई नियन्त्रणमा लिएको राईले बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर