२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

ललितपुरमा पोल ढल्दा एक जनाको मृत्यु, स्थानीय आक्रोशित

मध्यान्ह
२०८२ जेठ २१ गते १५:१५
ललितपुरमा पोल ढल्दा एक जनाको मृत्यु, स्थानीय आक्रोशित

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका–१४ मा सडक विस्तारको क्रममा विद्युतको पोल ढल्दा एक जनाको ज्यान गएको छ । मृतक ५५ वर्षीय रमेश खड्गी स्थानीय बासिन्दा हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ठैबबाट सानागाउँतर्फ सडक चौडा गर्ने क्रममा प्र. ३–०१ ००३ क ६७४२ नम्बरको जेसीबीले पोल सार्ने प्रयास गर्दा पोल ढल्न पुगेको हो । दुर्घटनामा गम्भीर घाइते भएका खड्गीलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनापछि आक्रोशित स्थानीयले ठैब क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । गोदावरी जाने मुख्य सडक बन्द हुँदा यातायात प्रभावित भएको छ । सातदोबाटो प्रहरी वृत्तमा अहिले मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि र ठेकेदारबीच छलफल जारी रहेको छ ।

जेसिबीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर