२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

संस्कृति मास्न सरकार नै उद्धत रहेको संस्कृतिविद्को गुनासो

मध्यान्ह
२०८२ जेठ २० गते १७:०१
संस्कृति मास्न सरकार नै उद्धत रहेको संस्कृतिविद्को गुनासो

काठमाडौं : संस्कृतिविद्हरुले संस्कार र संस्कृति मास्न सरकार नै उद्धत रहेको आरोप लगाएका छन् ।

पं. नवराज पौडेलको १०५औं जन्मजयन्तीको अवसरमा पं. नवराज शारदा स्मृति समाजले आयोजना गरेको ‘सामाजिक संस्कार, संस्कृति’ विषयक कार्यक्रमका वक्ताहरुले संस्कृति संरक्षण गर्न भन्दा मास्न सरकार नै सक्रिय रहेको बताएका हुन् ।

उनीहरुले चलिरहेका संस्कार, संस्कृति कर्मकाण्ड, परम्परालाई समय सापेक्ष र परिस्कृत बनाउँदै लैजानुपर्ने बताए । ‘हाल चलिरहेको विधि विधान निकै वैज्ञानिक छ,’ उनीहरुले भने ।

कार्यक्रममा सहप्राध्यापक डा. बिनुवाबा अर्याल, सस्कृतिविद् बेदप्रसाद पन्त, डा बद्री पोखरेल, हरिहर प्रदीप घिमिरेले धर्म र संस्कारले विज्ञान, विधि र विज्ञ जन्माउने भन्दै यसका सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताए । ‘पछिल्लो पुस्ताले संस्कार र संस्कृति  भुल्दै गएको छ,’ उनले भने, ‘शिक्षा नीतिले संस्कार र संस्कृतिप्रति पुरै उपेक्षा गरेको शिक्षा नीतिमा सुधार गर्नुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अध्यक्ष सरोज ढकालले जन्मदेखि मुत्युसम्मका संस्कारहरु समय सापेक्षरुपमा सुधार गर्न बहस चलाउनुपर्ने बताए । ‘अग्रजहरुले अगुवाई गरेर समय सापेक्षरुपमा सुधार गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रमा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्थाले यस विषयमा निरन्तर बहस र छलफल सञ्चालन गर्ने जानकारी दिए ।

ADV

सम्बन्धित खबर