बर्दिया : वन्यजन्तु संरक्षण र संरक्षणमा देखिएका चुनौती तथा बढ्दो मानव वन्यजन्तु द्वन्द्वका सवालमा केन्द्रित रही बर्दियामा नेपाल–भारत सीमापार समन्वय बैठक सम्पन्न भएको छ ।
तराई भू–परिधि कार्यक्रम कोहलपुर बाँकेको सहयोग तथा खाता सामुदायिक वन समन्वय समिति खाताले बैठकको आयोजना गरेको हो ।
बैठकमा भारतको कतनियाघाट वाइल्ड लाइफ सेन्चुरी तथा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतका ५० जना स्थानीय संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।
बैठकमा स्थानीय स्तरमा संरक्षणका लागि गरिएको प्रयास तथा संरक्षणमा देखिएको चुनौतीका तथा समस्याका बारेमा दुवै देशका स्थानीय संरक्षणकर्मीहरुले आदान प्रदान गरेका थिए ।
बैठकमा पछिल्लो समय बढ्दै गएको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागी वन्यजन्तु व्यवस्थापनका लागि जोड दिन दुवै देशका स्थानीय संरक्षणकर्मीहरु एक मत भएका थिए ।