२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

२७ विधामा पाँचौं नेपाल म्युजिक एन्ड फेशन अवार्ड प्रदान

shivam cement
मध्यान्ह
२०८२ जेठ १९ गते २०:३०
२७ विधामा पाँचौं नेपाल म्युजिक एन्ड फेशन अवार्ड प्रदान

काठमाडौं : फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौं संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौंमा शनिबार बेलुका सम्पन्न भएको छ । समारोहमा अग्रज गायिका मिरा राणा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भइन् । तर स्वस्थ्य समास्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।

समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संगीतकार दीपक शर्मालाई दशकको संगीत सम्मानसहित विभिन्न स्रस्टालाई सम्मान प्रदान गरे । कार्यक्रममा चलचित्र निर्माता रौनक विक्रम कँडेल, चलचित्र फोटो पत्रकार कुवेर डंगोल, फोटोपत्रकार बद्री थापा, गायक डेविड शंकर, नृत्य निर्देशक प्रदीप कुमार रसाइली, युवा उद्यमीद्वय नवराज पाण्डे र कपुर साउद पनि कार्यक्रममा सम्मानित भए ।

समारोहमा फेशन र मोडलिङतर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बराल, फेसन डिजाइनको जुरी अवार्ड काजल शर्मा, फेसन मोडल अफ दि इयरको अवार्ड दिक्पाल कार्की, फेशन कोरीयोग्राफर अफ दि इयरको अवार्ड अश्विनी कान्त झाले, मेक आर्टिष्ट अफ दि इयरको अवार्ड टेकराज पाण्डे, इभेन्ट म्यानेजर अफ दि इयरको अवार्ड सम्राट प्रसाद शाह, बेस्ट डान्स कोरीयोग्राफर (पेजेन्ट)को अवार्ड सन्दीप भुजेल तथा बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयरको अवार्ड निशु कान्त झाले प्राप्त गरे ।

आधुनिकतर्फ उत्कृष्ट गायकको अवार्ड ‘मायाले सजाउँला’बाट ओम सुनार, गायिकाको अवार्ड ‘यो दिलको पाइलट’बाट स्वती भट्ट, गीतकारको अवार्ड ‘मलाई तिमी मन पर्‍यो’बाट हंसराज जोशी, म्युजिक भिडियो महिला मोडलको अवार्ड ‘हे गोरी’बाट मल्लिका राजोपाध्याय, महिलाको जुरी अवार्ड शिला गजुरेल तथा कोरियोग्राफरको अवार्ड ‘तप तप पानी’बाट दीलिप ओखेडाले प्राप्त गरे ।

यस्तै म्युजिक भिडियो मेकअप अवार्ड ‘नगर दोमन’बाट मनिषा श्रेष्ठ (कमला), कोरियोग्राफी स्टेज प्रस्तुतिको अवार्ड ‘माया भन्दा ठूलो’बाट केशव कोइरालाले हासिल गरे । यस्तै नेपाल भाषातर्फ गायनको अवार्ड ‘छँगु मतिनाया आशय’बाट राजकुमार मानन्धर र ‘मुसुहुँ न्हिला’बाट सुनिल चित्रकारले जुरी अवार्ड प्राप्त गरे ।

लोकगीततर्फ लोक गीत गायनको अवार्ड ‘हरि भजन’बाट शान्ति कुमारी शाही, लोक दोहोरीकै जुरी अवार्ड ‘ओए सोल्टिनी’बाट आयुमी तामाङ, लोक दोहोरी गायकको अवार्ड ‘बालेनको शहर’बाट चन्द्र शर्मा, लोक दोहोरी गायिकाको अवार्ड ‘माया पिरती’को गाउँबाट नम्रता खरेल, लोक दोहोरी गीत रचनाको अवार्ड ‘छोड सताउन’बाट डब्बु क्षेत्री, लोकदोहोरी म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘पानको पात’बाट पल शाह, महिला मोडलको अवार्ड ‘यो दुनियाँ त बेग्लै’बाट जुना कार्की, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ‘एक नम्बरी सुन’बाट रबिता मगरले हासिल गरे ।

यस्तै चलचित्रतर्फ गीतकारको अवार्ड ‘न मेटिएको घाउको बाहिरी पीडाले भन्दा’बाट विकास बिष्ट, चलचित्र संगीतकारको अवार्ड ‘एक्टर वान टेक’ चलचित्रको ‘के भरोसा गरम’बाट हर्कुलस बस्नेतले हासिल गरे ।

सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए । आयोजक : स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्वारा आयोजित सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुवप्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशब राज भट्ट थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise