२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

‘लुम्बिनीको विकास र समृद्धिका थुप्रै योजना बजेटमा समेटिनेछ’

सुर्य प्रसाद भुसाल
२०८२ जेठ १८ गते २०:२३
‘लुम्बिनीको विकास र समृद्धिका थुप्रै योजना बजेटमा समेटिनेछ’

अर्घाखाँची : लुम्बिनी प्रदेश सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज)ले प्यूठानसहित लुम्बिनी प्रदेशको मुहार परिवर्तन गर्ने गरी  सरकारले  लक्ष्य  लिएकाले त्यो लक्ष्य उद्देश्य पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । प्यूठानसहित लुम्बिनी प्रदेशको  विकास र समृद्धिका  लागि धेरै योजना, आयोजनाहरु बजेटमा समेटिने राणाको भनाइ छ ।

प्यूठानको सबैभन्दा दुर्गम ठाउँ मानिने बाहाने–स्याउलीबाङ सडकका लागि अघिल्लो सरकारमा आफू उद्योग तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहँदा ४२ करोड १५ लाख विनियोजन गरेको र यस पटक सहरी विकास तथा खानेपानी मन्त्री हुँदा बाग्दुला–मच्छी सडकलाई ३० करोड बजेट संघीय समपुरकबाट विनियोजन गरेकाले अब प्यूठानी जनता र निर्वाचन क्षेत्रका जनतासँग बोलेको बाचा पूरा गरेर छाड्ने  मन्त्री राणाले जानकारी दिए । 

मध्यान्हसँग कुरा गर्दै मन्त्री राणाले भने, ‘हामिले विकास निर्माणका कामहरुको  सुरुवात मात्रै गरेका छौं, अरु थुप्रै योजनाका कामहरु यस वर्षको प्रदेश सरकारको बजेटमा समेटिने गरि अगाडि बढेको छ ।’

प्यूठानसहित लुम्बिनीको विकास अभियानमा सबैको साथ पाउने विश्वाससमेत उनले व्यक्त गरेका छन् । मन्त्री राणाले ‘एक घर एक धारा’को अभियानलाई पूरा गर्ने समेत प्रतिबद्धता जनाए । 

ADV

सम्बन्धित खबर