२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ जेठ २० गते ०९:५३
‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

झापा : झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए। डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise