२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

कविता : दिमागको ताला खोलौं

२०८२ जेठ १७ गते ०६:००
कविता : दिमागको ताला खोलौं

–सत्यजीत

ढोगको पर्दा पछाडि लुकेको
सत्यलाई गिज्याउने त्यो स्वर के हो ?
मक्किएको किताबको अक्षरहरूमा
किन चुप लाग्छौं हामी अझै पनि ?
दिमागको ताला खोलौं, साथी
सवाल गरौं – किन ? कसरी ? कहिले ?
ईश्वरको नाममा जलाउने दीयो,
के विज्ञानको उज्यालोभन्दा गाढा हो ?
हजारौं वर्षको कथाहरूले
जुन साँचो कहिल्यै थिएन
कसरी कैद ग¥यो चेतनालाई ?
कसरी बनायो मानवलाई कठपुतली ?
हेर, ग्यालिलियोको टेलिस्कोपले
तारा र ग्रहको चाल बतायो
तर पण्डितले भने – शनिको दोष छ !
कसको विश्वास गर्ने यहाँ ? कसको होश छ ?
धामीझाँक्रीको लटपट भन्दा
मुटुको प्रत्यारोपण प्रभावकारी भयो
कर्कट हटाउने किरणीय यन्त्रले
जीवनको आयु नै फेरियो ।
जुन अघिपछि हेर्न ढुंगा पुज्थ्यौं,
आज एमआरआई र सिटी स्क्यानले 
देखाउँछ भित्रको घाउ
कहाँको मन्त्र ? कहाँको तान्त्रिक कथा ?
जब रोबोटले सर्जरी गर्छ शरीर र घाँउको ।
हेर, हात छैन भने कृत्रिम हात बन्यो
सुन्न सक्दैन भने सुनाउने यन्त्र बन्यो
पैतालाविहीनले फेरि हिँड्न थाले
के चमत्कार हो यो, कि विज्ञानको उज्यालो ?
धर्मले भन्छ– सहनु पर्छ, भाग्यको फल हो !
विज्ञान भन्छ– समाधान खोज, बाँच्ने हो !
अन्धविश्वासले बाँधेको यो समाज
अब त चिरौं हामी विवेकको आवाज ।
दिमागको ताला खोलौं, साथी
शब्द होइन, प्रमाण खोजौं
आस्था होइन, चेतना राखौं
पुजा होइन, प्रयोगशालामा ढोगौं !

ADV

सम्बन्धित खबर