२०८२ जेठ १८ गते आइतवार / Jun 01 , 2025 , Sunday
२०८२ जेठ १८ गते आइतवार
Ads

एकै घरका दिदी–बहिनी एकैसाथ वन रक्षकमा सिफारिस

कमल कुमाल
२०८२ जेठ १६ गते २१:१३
एकै घरका दिदी–बहिनी एकैसाथ वन रक्षकमा सिफारिस

कालीकोट : कालीकोट शुभकालिका गाउँपालिका–७ का दिदी छत्रकला र बहिनी  मुनकला शाहीले एकैपटक कोशी प्रदेशको वन रक्षक पदमा सिफारिस भएका छन् ।

एकै पटक नाम सिफारिस भएपछि गाउँमा खुसी छाएको छ । महिलाहरुले चाहेमा असम्भव छैन भन्ने उदाहरण दिन समेत उनीहरु सफल भएकी छन् । छत्रकला शाही लामो समयदेखि रेडियो प्रदेश आवाजमा कार्यरत रहेर समाजमा हुने विकृति विसंगती तथा आवाज विहीनहरुको आवाज बन्दै आएकी थिइन् । 

उनले संचारकर्ममा पनि उत्तिकै महत्वपूर्ण भूमिका निवाह गर्दै आफ्नो अध्ययन र तयारीलाई निरन्तरता दिँदै आएकी थिइन् । उनीहरु बुबा जीतबहादुर शाही र आमा चन्द्रिका शाहीका सन्तान हुन् । सानैदेखि पढाइमा अब्बल रहेका दिदी–बहिनीले कडा मेहनत र लगनशीलताबाट यो सफलता हात पार्न सफल भएका हुन् ।

गाउँका स्थानीयहरूले उनीहरूको सफलता गाउँकै गौरव भएको बताउँदै खुसी व्यक्त गरेका छन् । गाउँका वृद्धवृद्धा, आफन्तजन र छिमेकीहरूले घरमा जम्मा भइ मुनकला र छत्रकलाको मेहनतको चर्चा गर्दै शुभकामना दिएका छन् । बुबा जीतबहादुरले भने, ‘छोरीहरूले मेहनत गरेर देखाएका छन् । यो हाम्रो मात्र होइन, सिंगो गाउँको खुसी हो ।’

ADV

ताजा खबर

सम्बन्धित खबर