२०८२ जेठ १७ गते शनिवार / May 31 , 2025 , Saturday
२०८२ जेठ १७ गते शनिवार
Ads

युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत

मध्यान्ह
२०८२ जेठ १६ गते ०८:२४
युक्रेनलाई ५० करोड डलर ऋण दिन आइएमएफ सहमत

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ ।

तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ ।

युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरिरहेको जनाएको छ ।

धेरै हदसम्म औपचारिकता मानिने यो प्रक्रिया समितिद्वारा अनुमोदित भएमा आइएमएफले युक्रेनलाई तुरुन्तै ५० करोड डलर उपलब्ध गराउनेछ । हालको कार्यक्रम अन्तर्गत यसको वितरण १०।७ अर्ब डलरको नजिक पुग्नेछ । 

आईएमएफ मिसन प्रमुख गेभिन ग्रेले एक विज्ञप्तिमार्फत जारी विज्ञप्तिमा तीन वर्षभन्दा लामो युद्धबाट उत्पन्न चुनौतीका बाबजुद युक्रेनको अर्थतन्त्र लचिलो रहेको बताएका छन् । 

उनले भने, “कोषले यस वर्ष ‘सामान्य’ मुद्रास्फीति–समायोजित आर्थिक वृद्धिको अपेक्षा  दुईदेखि तीन प्रतिशतको बीचमा गरेको छ र यसले श्रम अवरोध र ऊर्जा पूर्वाधारमा क्षतिबाट भएको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्दछ।” 

उनले खाद्यान्न र श्रमको बढ्दो लागतका कारण मुद्रास्फीति निरन्तर बढ्दै गएको र अप्रिलमा १५।१ प्रतिशत पुगेको बताए । 

कोषले युद्धले जनसङ्ख्या, अर्थव्यवस्था र पूर्वाधारमा ठूलो असर पारिरहेकोले युक्रेनको आर्थिक परिदृश्य ‘असाधारण रूपमा अनिश्चित रहेको जनाएको छ ।

“चुनौतीपूर्ण वातावरणको बाबजुद, यो कार्यक्रम सही मार्गमा रहेको छ र ठूलो मात्रामा बाह्य प्रतिबद्धताहरूको आधारमा पूर्ण रूपमा वित्तपोषित गरिएको छ,” विज्ञप्तिमा भनिएको छ।

ADV

सम्बन्धित खबर