२०८२ जेठ १५ गते बिहिवार / May 29 , 2025 , Thursday
२०८२ जेठ १५ गते बिहिवार
Ads

६ महिनादेखि कामपाको कार्यपालिका बैठक बसेन

बैठक बोलाउन ४१ सदस्यहरूको माग

मध्यान्ह
२०८२ जेठ १२ गते १५:५०
६ महिनादेखि कामपाको कार्यपालिका बैठक बसेन

काठमाडौँ : काठमाडौं महानगरपालिकाका ४१ कार्यपालिका सदस्यहरू कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । 

कार्यपालिका सदस्यहरूको सोमबार बसेको अनौपचारिक बैठकले काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक जति सक्दो छिटो बोलाउन मेयर बालेन्द्र साहलाई आग्रह गरेको हो ।

४२ सदस्य रहेको कार्यपालिकामा मेयर साहबाहेक सबैको उपस्थिति थियो । कार्यपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बसको छैन । प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ ।

‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्म बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।’

बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि मेयरलाई घचघच्याएको उनले बताए ।
 

ADV

सम्बन्धित खबर