२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

दिनरात नभनी फिल्डमा खटिन्छन् डिभिजन प्रमुख न्यौपाने

सुर्य प्रसाद भुसाल
२०८२ जेठ १० गते २२:०८
दिनरात नभनी फिल्डमा खटिन्छन् डिभिजन प्रमुख न्यौपाने

नवलपरासी : पश्चिम नवलपरासीमा खानेपानी तथा सरसफाई  डिभिजन कार्यालय स्थापना भएको एक वर्ष नपुग्दै धेरै खानेपानी समस्याहरु समाधान भएका छन् । 

जसले स्थानीयहरु खुसी भएका छन् । लुम्बिनी प्रदेश सरकार खानेपानी तथा शहरी विकास मन्त्रालयले गत भदौमा डिभिजन कार्यालय स्थापना गरी कार्यालय प्रमुखको रुपमा प्रकाश न्यौपानेलाई पठाएको थियोे ।

स्थानीयका अनुसार जिल्लामा नै खानेपानी तथा सरसफाई डिभिजन  कार्यालय स्थापना भएपछि जिल्लाबासीलाई अहिले सेवा लिन निकै सहज भएको छ । त्यहाँका स्थानीय नागरिकहरुको मर्कालाई बुझेर शहरी विकास खानेपानीमन्त्री सरोज थापाको निर्देशनमा कार्यालय स्थापना गरिएपछि अहिले त्यहाँका नागरिकलाई खानेपानी सम्बन्धी समस्या बोकेर जिल्ला बाहिर र मन्त्रालय जानुपर्ने बाध्यता हटेको छ ।

जनताको गुनासो सुन्ने र दैनिक फिल्डमा पुगेर सेवा दिने नागरिकलाई स्वच्छ खानेपानी खुवाउनुपर्छ भन्ने उद्देश्यले अहोरात्र खटिने डिभिजन प्रमुख न्यौपानेको खटाइका कारण नवलपरासीमा खानेपानी डिभिजन कार्यालयले १ वर्ष नहँुदै उल्लेखनीय काम गर्न सफल भएको हो । धेरै योजनाहरु निर्माणधिन छन् भने केही योजनाहरु बजेट अभावका कारण समस्यामा परेका छन् । 


 

ADV

सम्बन्धित खबर