२०८२ जेठ ८ गते बिहिवार / May 22 , 2025 , Thursday
२०८२ जेठ ८ गते बिहिवार
Ads

पतञ्जली जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

G Motors
मध्यान्ह
२०८२ जेठ ८ गते १६:४८
पतञ्जली जग्गा प्रकरण : अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

काठमाडौं : प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेपलाञ्चोकको पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको लेखा समिति बैठकले जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो ।

यो प्रकरणमा थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारमा सिफारिश गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । यस प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि मुछिएका छन् । उनलाई यस प्रकरणमा अख्तियारले बयानसमेत लिइसकेको छ । 

सभापति पोखरेलले भने, ‘प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो । पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।

त्यसबारेमा थप कुनै अध्ययन र सोधपुछ नै नगरी लेखा समितिले फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । पतञ्जली योगपीठको जग्गा अनियमितताबारे अनुसन्धान गरिरहेको अख्तियारले अनुसन्धान सकिए पनि कुनै निर्णय नगरी निष्क्रियता देखाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise