दोलखा : रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।
दाोरम्बा–शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका–३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।