२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

सार्कको सार्थकता समाप्त : विजय जोली

G Motors
मध्यान्ह
२०८२ जेठ ७ गते १५:५३
सार्कको सार्थकता समाप्त : विजय जोली

काठमाडौं : भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सार्थकता समाप्त भइसकेको बताएका छन् । 

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् । 

सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको जोलीले टिप्प्णी गरे । उनले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने धारणा राखे । 

नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध बाहेक सौनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले बताए । उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उल्लेख गरे ।  

जोलीले नेपालको धर्मनिरपेक्षताका बारेमा जनताको मतलाई बुझ्दै अघि बढ्नुपर्ने उल्लेख गरे । नेपालीभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र राजनीतिक दलहरूलाई मात्रै रहेको उनले स्पष्ट पारे ।

ADV

सम्बन्धित खबर

Advertise