काठमाडौं : वैदेशिक रोजगार व्यवसायी सुकबहादुर तामाङलाई पितृशोक परेको छ । काठमाडौंको चप्पलकारखानास्थित विज्ञान एचआर म्यानेजमेन्ट प्रा. लि.का संचालक तामाङका पिता रामसिंह तामाङको मंगलबार निधन भएको हो ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८७ वर्षको उमेरमा तामाङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. तामाङका एक छोरी, ५ छोराका साथै ५ जना नातिनी तथा ९ जना नाती रहेका छन् ।