२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

रौतहटमा महादेव मन्दिरको शिलान्यास

सत्येन्द्र प्रताप सिंह
२०८२ जेठ ५ गते २०:५६
रौतहटमा महादेव मन्दिरको शिलान्यास

रौतहट : रौतहटको ईशनाथ नगरपालिका वडा नं ३ मा महादेव मन्दिरको निर्माण कार्य सुरू भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको औरैया महादेव मन्दिर गेट अगाडि मधेश प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयको ५० लाखको लागतमा उक्त मन्दिर बन्न लागेको हो ।

जनमत पार्टीका रौतहट क्षेत्र नं.२ (क) को प्रदेश सभा सदस्य उम्मेदवार मोहम्मद आलम उर्फ बाबू साहेबले मन्दिरको शिलान्यास गरेका हुन् । 

आलमले विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले मधेशको सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत स्थानीय रोजगारी र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख कौशल्या देवी सिन्हाले स्थानीय जनताको लामो समयदेखिको माग पूरा हुन लागेको बताउँदै आगामी दिनमा अझै धेरै विकास योजनाहरू भित्र्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थानीय बासिन्दाहरूले पनि महादेव मन्दिरमा सरकारले चासो देखाएकोमा खुशी व्यक्त गर्दै योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

ADV

सम्बन्धित खबर