२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

मोहन बस्नेतलाई अतिथि बनाएर कार्यक्रम नगर्न २ गाउँपालिकाको निर्देशन (पत्रसहित)

मध्यान्ह
२०८२ जेठ ५ गते १४:४७
मोहन बस्नेतलाई अतिथि बनाएर कार्यक्रम नगर्न २ गाउँपालिकाको निर्देशन (पत्रसहित)

सिन्धुपाल्चोक : भ्रष्टाचारको आरोप लागेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न सिन्धुपाल्चोकका २ गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखु पाखार गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न र सहभागी नगराउन आग्रह गरेका हुन् ।

टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बस्नेत सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद हुन् । भ्रष्टाचारको आरोप पछि बस्नेतको सांसद पदसमेत निलम्बनमा छ ।

तर बस्नेतलाई प्रमुख अतिथि बनाएर सोमबार र मंगलबार सुनकोशी गाउँपालिका–२ ठोकर्पामा स्वास्थ्यचौकी भवन उद्घाटन र लिसंखुपाखर–२, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन कार्यक्रम राखिएपछि गाउँपालिकाहरूले यस्तो निर्देशन दिएका हुन् ।


 

ADV

सम्बन्धित खबर