वीरगन्ज : वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला हिंसा न्यूनीकरण गर्न महागरपालिका लागि परेको बताएका छन् ।
कानुनी सहायता तथा परामर्श केन्द्रसँगको छलफलका क्रममा उनले समाजमा भइरहेको महिलामाथिको हिंसा र दमनलाई न्यूनीकरण गर्न महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
‘समाजका विकृतिलाई रोक्न विभिन्न कार्यक्रम गरेर रोक्ने प्रयास गरिरहेका छौं’ उनले भने, ‘यस्तो कार्यक्रममा हाम्रो साथ र सहयोग सहनेछ ।’
लैंगिक हिंसा अन्त्य गर्न र महानगरमा परेका उजुरीहरूको बारेमा न्यायिक समितिमा मुद्दाहरूको छिनोफानो गर्न, आवश्यक कानुनी सहयोग गर्न कार्यक्रमहरु संचालन गरिरहेको उनले बताए ।
छलफलका कार्यक्रममा जानकी मलाइ जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम संयोजक संजय पौडेल लगायतको सहभागिता रहेको थियो ।