२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

मध्यान्ह
२०८२ जेठ १ गते १७:१०
हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

जनकपुरधाम :अंशु यादव हत्यामा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरूले जनकपुरधामको रामानन्द चोकमा सडक जाम गरेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, न्याय मरेको देश नारासहितको प्लेकार्ड बोकेका थिए ।

उनीहरूले एक दर्जन सवारीसाधन तोडफोड गरेका छन् । यसअघि पनि दुई पटक मृतक अंशुकी आमासहित स्थानीयले बिन्धीस्थित जनकपुर–जलेश्वर सडक खण्ड जाम गरेर प्रदर्शन गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीका १७ वर्षीय अंशु यादवको होलीका दिन छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीले घटनास्थलबाटै उनको हत्या आरोपमा धर्मेन्द्र महतोलाई पक्राउ गरेका थिए भने अर्का एक जनालाई केही दिन अगाडि पक्राउ गरेका थिए ।

अशुकी आमा अर्चना यादवले सात जना मिलेर छोरालाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । तर प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य ५ जना आरोपी फरार रहेका छन् ।
 

ADV

सम्बन्धित खबर