२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध 

मध्यान्ह
२०८२ जेठ १ गते ०८:००
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध 

काठमाडौँ : अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध सिरियाको नयाँ सरकारसँग सम्बन्ध सामान्य बनाउन र शान्ति स्थापनाको मौका दिनका लागि प्रतिबन्ध हटाउने बताएका हुन् ।

उनले नयाँ सरकारसँग अमेरिकाले मिलेर काम गर्ने पनि बताइको छ । उनी बुधबार सिरियाका राष्ट्रपति अहमद अल-शारासँग भेटवार्ता गर्दै छन् । शाराले अघिल्लो वर्ष राष्ट्रपति बसर अल असदलाई पदच्युत गराउँदै सत्ता सम्हालेका थिए ।

ट्रम्पले प्रतिबन्ध हटाउने जस साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोगानलाई दिन पनि बिर्सिएनन् । यी दुई नेताको आग्रहमा आफूले सुलहको प्रस्ताव गरेको ट्रम्पको भनाइ छ ।

ADV

सम्बन्धित खबर