२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

भारतमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

मध्यान्ह
२०८२ वैशाख ३० गते ११:४७
भारतमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौंः भारतको मध्य राज्य छत्तीसगढमा ट्रकसँग गाडी ठोक्किँदा नौ महिला र एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

१४ जना घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । राज्यको राजधानी रायपुर नजिकै दुर्घटना भएको थियो । पीडितहरू आफ्ना एक आफन्तको घरमा आयोजित कार्यक्रममा भाग लिएर घर फर्किरहेका थिए । 

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

राज्यका पूर्वमुख्यमन्त्री भूपेश बघेलले मिडियालाई बताएअनुसार हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको संख्यामा वृद्धि भएको छ । राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न र मानव जीवन बचाउन कदम चाल्न आग्रह गरेका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर