२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

मध्यान्ह
२०८२ वैशाख २७ गते १७:२४
सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

सुडान : सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन् । उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन् ।


संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन र खाद्य संकटले गम्भीर रूपमा प्रभावित छ ।

डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसहरूको आश्रय स्थल बनेको छ । पछिल्लो समय नियमित सेनासँगको युद्धमा संलग्न रहेको आरएसएफले यस्ता शिविरहरूलाई निशाना बनाउन थालेको छ ।

अबु सुक शिविर, जो जामजाम शिविर नजिकै रहेको छ, अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि खाली भएको थियो। संयुक्त राष्ट्रसंघले यस क्षेत्रमा झन्डै १० लाख शरणार्थीहरू रहेको जानकारी दिएको छ ।

यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्व आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्ति संघर्षको रूपमा सुरु भएको हो । संयुक्त राष्ट्रसंघले यो युद्धलाई विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटको रूपमा चिनिएको जनाएको छ । हाल सेनाले देशको उत्तर, पूर्व र केन्द्रमा नियन्त्रण जमाएको छ भने आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ ।

ADV

सम्बन्धित खबर