सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका–२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा १७ जना बालबालिका घाइते भएका छन् । तिनपाटन गाउँपालिका–२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरूलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ ।
भ्यानमा २५ जना विद्यार्थी थिए । भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।