२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेट

मध्यान्ह
२०८२ वैशाख २२ गते १६:१२
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेट

काठमाडौं : भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । 

मुख्यमन्त्री शाह र योगी आदित्यनाथबीच सोममबार लखनऊस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । बैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहसहित १० सदस्यीय प्रतिनिधि मण्डलले योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो । 

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा रहेको छ । बैशाख १६ गते देखि २२ गते भ्रमणको कार्यतालिका रहेको छ ।

मुख्यमन्त्री शाहले भ्रमण क्रममा यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र विभिन्न विभागीय मन्त्रीहरूसँग भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा दुवै मुख्यमन्त्रीहरूबीच आपसी हित, विकास निर्माणमा सहकार्य तथा सुदूरपश्चिम प्रदेशको विकास निर्माण भारतीय सहयोगबारे छलफल भएको छ ।

सुदूरपश्चिम र उत्तरप्रदेशबीच सीमा क्षेत्रमा हुने गतिविधि तथा भारतको तिकुनियाँबाट सीमावर्ती खक्रौलासम्मको सडक निर्माणका विषयमा समेत छलफल भएको भ्रमण टोलीमा रहेका मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार डा. जितेन्द्र उपाध्यायले बताए । 

ADV

सम्बन्धित खबर