२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

'शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस्'

मध्यान्ह
२०८२ वैशाख २२ गते ११:५७
'शिक्षा र परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गरियोस्'

काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभुति गर्ने सरकारसमक्ष माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको उनले बताए । उनले केही दिन मात्रै नेपाली विद्यार्थी प्रिशा साहको उक्त विश्वविद्यालयमा निधन भएको बताउँदै यस्ता घटनाहरू संयोग हुन वा कारण त्यसको खोजी नीति गर्न सरकारलाई आग्रह गरे । उनले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो/होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै नपुग्ने बताए । उनले संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखे ।  

उनले हिजोदेखि कक्षा १२ को परीक्षा शुरु भएको बताउँदै परीक्षा बोर्डलाई प्रभावकारी बनाउन शिक्षकहरूका समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए । 

ADV

ताजा खबर

सम्बन्धित खबर