२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

स्थानीय स्रोत साधनको प्रयोग गरेर घर बनाऔं : उपप्रधानमन्त्री सिंह

मध्यान्ह
२०८२ वैशाख २२ गते ११:५३
स्थानीय स्रोत साधनको प्रयोग गरेर घर बनाऔं : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिका साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभइ आय आर्जन गर्नसक्ने किसिमको हुनुपर्ने बताए ।

उनले आवासमा बस्नका लागि मात्रै अब मानिसहरु नजाने उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरुलाई न्युनतम रुपमा आवश्यक पर्ने जीवनउपयोगी, आयआर्जन गर्नसक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताए । आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्नसक्ने वातावरण तयार भएको खण्डमा नै व्यवस्थित बस्ती विकास हुने जिकिर गरे । सिमेन्ट, रडको प्रयोग नगरी स्थानीय स्रोत साधनको प्रयोगबाट वातावरणमैत्री भवनहरु निर्माण गर्दा फाइदा हुने उनको भनाइ छ । 

उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्यूनतम आधारहरु राखेर जग्गा विकास गर्न जरुरी रहेको बताए ।

ADV

सम्बन्धित खबर