२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

प्रिसा साहको मृत्युबारे सत्यतथ्य छानबिन गर्न सभामुखको रुलिङ

मध्यान्ह
२०८२ वैशाख २२ गते ११:५१
प्रिसा साहको मृत्युबारे सत्यतथ्य छानबिन गर्न सभामुखको रुलिङ

काठमाडौंः भारतको उडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनामा सत्यतथ्य छानबिन गर्न सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरूले साहको मृत्युबारे ध्यानाकर्षण गराएसँगै सभामुख घिमिरेले अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युका घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको भन्दै सरकारलाई रुलिङ गरेका हुन् । 

प्रिसा केआईआईटीको छात्रावासमा गत बिहीबार साँझ  झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी थिइन् । वीरगन्ज घर भएकी १८ वर्षीया उनकाे अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

गत ४ फागुनमा केआईआईटीमै अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर