काठमाडौं : सरकारले नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ ।
डा. कार्की वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति हुन् ।
आइतबार नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपतिमा नियुक्त गरेको हो ।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा कार्की उपकुलपतिमा नियुक्त गरिएको हो ।
यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् ।