२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

मध्यान्ह
२०८२ वैशाख २१ गते १०:५३
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ : यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जंगीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मल कुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गरे । 

सैनिक तालिम महानिर्देशनलायद्धारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्नेछन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौ वटा क्लबका खेलाडीको सहभागिता छ ।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर