२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

वीर अस्पतालको खाद्य स्वच्छताको अवस्था ठीक छ : महानगर

मध्यान्ह
२०८२ वैशाख ८ गते १७:१३
वीर अस्पतालको खाद्य स्वच्छताको अवस्था ठीक छ : महानगर

काठमाडौं: काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन एवम निरीक्षण गरिएको छ ।

सोमबार खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रम अन्तर्गगत महानगरले वीर अस्पतालमा खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण गरेको हो ।

अनुगमन पछि सञ्चारकर्मीहरुसँगको कुरा गर्दै महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अधिकृत अनिल बस्नेतले अस्पतालमा अनुगमन गर्दा खाद्य स्वच्छताको सबै नियमहरु पालना गरेको पाइएको जानकारी दिए ।

खासगरी सरकारी अस्पतालहरुमा यत्तिको खाद्य स्वच्छताको नियमहरु पालना गरेको कम मात्रामा नै भेटिने गरेको पनि उनले बताए ।

उनले भने,‘उहाँहरुले सबै यो खाद्य स्वच्छताको सबै नियमहरु पालना गर्नुभएको पाइएको छ । एकदमै राम्रो छ । काठमाडौं महानगरपालिकाभित्र अनुगमन गरिरहँदा यत्तिको अस्पतालमा विरलै भेटिन्छ । प्रत्यक्ष विरामीले खाने भएकाले पनि होला राम्रो पाएका छौं । यस्तो सरकारी अस्पताल कमै छन् ।’

त्यस्तै उनले महानगरपालिकामा धेरै उजुरीहरु आएको कारण खाद्य व्यवसायमा अनुगमन गर्न लागेको पनि बताए ।  
 

ADV

सम्बन्धित खबर