२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

प्रदेश निजामती ऐनले कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ : मन्त्री राणा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ चैत ३१ गते २१:३१
प्रदेश निजामती ऐनले कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ : मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेश सरकारका शहरी विकाश तथा खानेपानी मन्त्री रोज राणाले प्रदेश निजामती  ऐन सेवाग्राही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियन प्यूठान र शिक्षक संघ प्यूठानले आयोजना गरेको भित्ते पात्रो विमोचन तथा  शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको वृत्ति विकाशमा सहयोग पुग्ने बताए ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेस पार्टीकोतर्फबाट सरकारको नेतृत्व गरेका मन्त्री राणाले  भने, ‘निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ प्रदेश निजामती ऐनले गरेको छ ।’ साथै नयाँ ऐनले नेपाली जनताले सबै सेवाहरु झन्झटरहित रुपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्ने उनले दाबी गरे ।

राणाले  सरकारले यतिबेला प्रदेशका  निजामती कर्मचारीलाई  चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे । मन्त्री राणाले  भने,‘यतिबेला देशको अर्थतन्त्रको अवस्था कर्मचारीलाई धेरै जानकारी रहेको छ ।’ निजामती कर्मचारीको हित हुने कैयौं विषय ऐनमा समेटिएका पनि छन् । तर अर्थतन्त्रमा भार पर्ने विषयपछि विस्तारै सम्बोधन गर्नुपर्ने अवस्था रहेको बताए ।

मन्त्री राणाले अहिलेको सरकार र सत्तारुढ गठबन्धन निजामती कर्मचारीहरुको हक अधिकारको रक्षाका लागि पूर्णरुपमा प्रतिबद्ध रहेको समेत प्रष्ट पारे । उनले संविधानमा सुनिश्चित भएको सेवा जनताले पाउनुपर्ने र त्यसमा कर्मचारीले विशेष ध्यानदिनुपर्ने धारणा राखे ।

उनले नागरिकलाई सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा ध्यान दिन कर्मचारीलाई आग्रह समेत गरे । सरकारले अहिले सरोकारवाला सबै निकायसँग छलफल गरेर ऐन निर्माण गरेका कारण निजामती ऐनले सबैको हित हुनेमा उनले विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन  वरिष्ठ केन्द्रीय  उपाध्यक्ष  उत्तम कटुवाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश  संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय प्रमुख धर्म जि.सी, नेपाली कांग्रेस प्यूठानका उपसभापति  देवेन्द्र वर्मा, नेपाल निजामती कर्मचारी, युनियनका  केन्द्रीय  उपाध्यक्ष यज्ञ वली,नेपाली कांग्रेस प्यूठानका  पूर्वसभापति  सुवास  के. सी., स्वर्गद्वारी  नगरपालिका प्रमुख टेकप्रसाद भण्डारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम लुम्बिनी प्रदेश अध्यक्ष बामदेव शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise