२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

एकै पालिकाका ५ सय महिला आयआर्जनमा जोडिए

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ फागुन २४ गते २०:५९
एकै पालिकाका ५ सय महिला आयआर्जनमा जोडिए

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘कर्मशील जनशक्ति परिचालन’ कार्यक्रम प्रभावकारी बन्दै गएपछि त्यहाँका ५ सय महिलाहरु आयआर्जनमा जोडिएका छन् ।

बाँझो जग्गा खनेर गहत, प्याज र विभिन्न तरकारी खेतीबाट मनग्य आम्दानी गरेका कर्मशील महिला उद्यमीले अहिले आफै तयार पारेका मकैको पोष्कर थाकेको पातबाट बनेका झोला टोपी हस्तकलाका सामग्री गाउँमा उत्पादन गरेर विदेशमा निर्यात गर्न थालेपछि सो आयआर्जनमा महिलाहरु उत्साहित भएर लागेका छन् ।

नगरपालिकाले बेरोजगारी समस्या अन्त्य गर्ने स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरी भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशील कार्यक्रम सुरु गरेको भूमिकास्थानले मकैको पोस्कर र थाकलको पातबाट निर्माण हुने हस्तकला सामग्रीलाई व्यावसायिक रूपमै अगाडि बढाएपछि महिलाहरु उत्साहित छन् ।

भूमिकास्थान नगरपालिकाका १० वटै वडामा १०/१०जनाको टोली बनाएर तालिम दिएर स्वरोजगार सिर्जना गरेको नगरपालिकाले अहिले महिलाहरुलाई व्यवसायिकतामा जोडेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए ।

नेपालीले भने,‘मकैको पोस्कर र थाकल (वनस्पती) बाट झोला र टोपी बनाउन सिकाउने तालिम दिएका थियौ । अहिले यो प्रभावकारी बनेको छ ।’

यसलाई ‘कर्मशील जनशक्ति रोजगार कार्यक्रम–२०८१’ नाम दिइएर कानुन निर्माण गरिएको नगरप्रमुख झबिलाल थापाले बताए ।

‘हाम्रो यस प्रयासलाई ओमश्री मल्टिएग्रो प्रालिले सघाइरहेको छ’ नगरपालिका का उपप्रमुख बालकृष्ण बन्जाडेले भने,‘पहिला  तालिम दिएपछि कम्पनीले प्रतिक्विन्टल १५ हजारको दरले पोस्कर खरिद गरेको छ । यसरी तयार भएको झोला र टोपीको बजारीकरण पालिकाले गरेपछि महिलाहरु लाखौं रुपैयाँ कमाउने भएका छन् ।’

नगरपालिकाले काम सिकाएका महिलाहरु अहिले  १०  बजेदेखि ५ बजेसम्म रोजगार दिने र त्यसबापत् प्रत्येकलाई ६६८ रुपैयाँ दैनिक ज्याला पालिकाले दिने गरेको छ ।

पालिकाबाट बेरोजगारी समस्या अन्त्य गर्ने योजना अन्तर्गत बाँझो खेत जोत्ने अभियान पनि सँगसँगै  नगरपालिकाले सुरु गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise