२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एसोसिएसन–गणतान्त्रिकको १५ जनाको प्यानल सार्वजनिक

Nada
२०८१ माघ २७ गते ०८:३१
Shares
एसोसिएसन–गणतान्त्रिकको १५ जनाको प्यानल सार्वजनिक

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले ७ पदाधिकारी र ८ सदस्य गरी १५ जनाको प्यानल सार्वजनिक गरेको छ ।

ncell

एसोसिएसनले नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चसँगको तालमेलका आधारमा  अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष महासचिव, सचिव र कोषाध्यक्ष गरी ७ पदाधिकारी र ८ सदस्य गरी १५ पदको उम्मेदवारी टुंगो लगाएको छ ।

२१ सदस्यीय संघको कार्यसमितिमा पदाधिकारीसहित १७  जनाको प्रत्यक्ष निर्वाचन तथा ४ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । २ सदस्य जातीय र भेगीय संघसंस्थालाई समेटेर  उम्मेदवारी सार्वजनिक गर्ने कार्यक्रममा समावेश गर्ने पनि कार्यबाहक महासचिव तुलसीराम पुरीले मध्यान्हलाई जानकारी दिए ।

एसोसिएसनले अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष गुरुङ म्यानेजमेन्ट प्रा.लि.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू,  महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यबाहक महासचिव पुरीले जानकारी दिए  ।

त्यस्तै, सचिवमा आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिङ्दोङ र कोषाध्यक्षमा रोज ह्युमन रिसोर्स प्रा. लि.की संचालक सबिताकुमारी सिंह उम्मेदवार बनेका छन् । सचिवका उम्मेदवार दिमदोङ गणतान्त्रिक मञ्चका महासचिव हुन् ।

कार्यसमिति सदस्यमा शुभहारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठ, इम्पेरियल ओभरसिज प्रा. लि.की संचालक विद्यालक्ष्मी श्रेष्ठ, ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा. लि.का संचालक दीपककुमार राय, हिमालयन भ्याली नेपाल प्रा. लि.का संचालक देवीप्रसाद गिरी, रसुवा ओभरसिज प्रा. लि.का संचालक सुवर्ण लामा, स्क्युर नेपाल प्रा. लि.का संचालक सुमनराज पाण्डे, युनिभर्सल एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालका रेखा शर्मा उम्मेदवार बनेका छन् ।

शुभहारतीका संचालक श्रेष्ठ वर्तमान कार्यसमितिका निर्वाचित सदस्य पनि हुन् ।

ताजा खबर

सम्बन्धित खबर