२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

प्रधानमन्त्रीबाट शहीद स्मारक र शहीदगेटमा पुष्पहार अर्पण

मध्यान्ह
२०८१ माघ १६ गते १२:२०
प्रधानमन्त्रीबाट शहीद स्मारक र शहीदगेटमा पुष्पहार अर्पण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक र शहीदगेट पुगी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । शहीद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदको शालिकमा पुष्पहार अर्पण गरे ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाउने गरिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अंगका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुखलगायले शहीदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा अहिले शहीद दिवस विशेष समारोह आयोजना भइरहेको छ ।

ADV

सम्बन्धित खबर