२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

रविसहित १४ जनाविरुद्ध चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

मध्यान्ह
२०८१ माघ ४ गते १९:१५
रविसहित १४ जनाविरुद्ध चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं : सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित १४ जनाविरूद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले बताए । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । 

उनका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोर्खा मिडियाका सञ्चालक हुन्। अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा सेयरधनी हुन्।

ADV

सम्बन्धित खबर