२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

डा.निकोलस भुसाललाई अदालत पेस गरिँदै

मध्यान्ह
२०८१ माघ ४ गते १२:१६
डा.निकोलस भुसाललाई अदालत पेस गरिँदै

काठमाडौँ : पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर खिचेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । 

उनलाई प्रहरीले साइबर अपराधको कसुरमा बिहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए । पुस ८ गते कास्की अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि बिहीबार फेरि पक्राउ गरिएको हो । 

डा.भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका रास्वपा सभापति लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

ADV

सम्बन्धित खबर