२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

विपिनको रिहाइका लागि पहल भइरहेको छ : परराष्ट्रमन्त्री

मध्यान्ह
२०८१ पुष २९ गते १३:००
विपिनको रिहाइका लागि पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको पहल भइरहेको बताएकी छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले विपीन रिहाइको पहलका निम्ति फेरि कतारलाई आग्रह गर्न लागिएको जानकारी दिइन् ।

उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताइन् ।

विपीन रिहा हुने आशा व्यक्त गर्दै उनले भनिन्, 'विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ । उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।'

यस्तै परराष्ट्रमन्त्री राणाले रुस-युक्रेन युद्धमा फसेका नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल गरिरहेको बताइन् ।

युक्रेनमा बन्दी बनाइएका नेपालीहरुलाई फिर्ता गर्न कूटनीतिक पत्र पठाइएको जानकारी दिइन् । रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई युद्धको क्रममा युक्रेनले नियन्त्रणमा लिएर बन्दी बनाएको छ । युक्रेनको नियन्त्रणमा रहेका नेपालीहरु अहिलेसम्म पाँच जना रहेको पुष्टि भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर