२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

चिसो छल्न न्यानो कपडा वितरण

प्रेमराज कार्की
२०८१ पुष ३ गते १६:५०
चिसो छल्न न्यानो कपडा वितरण

मुगु : चिसोले कष्टकर जिवन बिताईरहेका मुगुका दलित बस्तीका बासिन्दालाई चिसो छल्न न्यानो कपडा वितरण गरिएको छ । 

मुगुम कार्मारोङ्घ गाउँपालिकाका–९ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ मारहेको नमुना आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी सामाग्री वितरण गरिएको हो । 

काठमाडौँ नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिव कुमार पन्तको सहयोगमा र पत्रकार नन्द बहादुर रोकायाको समन्वयमा सहोग वितरण गिएको हो । 

समाजसेवी पन्तले मंगलबार नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलमा पुगी १२८ जना र छायानाथ रारा नगरपालिका–१३ लापु दलित बस्ती र लापुमा रहेको नमुना आधारभुत बिद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन् ।

काठमाडौँ नागार्जुन बस्दै आएका पन्तका अनुसार लापु गाउँ दलित बस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका विद्यार्थीको पठनपाठनमा समस्या भएको सञ्चारमाध्यमा आएपछि त्यसैअनुसार आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा साम्रगी वितरण गरिएको बताए । 

उनले स्व. हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशीर्वादले विकट दलित बस्तीका विद्यालयहरूमा सहयोग गरेको बताए । 

जाडोको सिजन सुरु भएको छ, लत्ताकपडा किन्ने पैसा थिएन मनकारी भावना बोकेका शिवप्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेको स्थानीय गोरा विकले बताए ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलका प्रधानध्यापक विकास भामका अनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटो जाने गरेका कारण बिद्यार्थीहरूको पठनपाठनमा समस्या भएको थियो न्यानो कपडा प्राप्त संथै चिसो छल्न सहज हुने बताए । 

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू चिसो मौसमका कारण समस्यामा थिए अबका दिनमा सहज हुने प्रधानाध्यापक भामले बताए । आर्थिक अवस्था कमजोर भएका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा हर्षित भएका छन् । 
 

ADV

सम्बन्धित खबर