२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पटके जाँचपासदेखि यातायात कार्यालय विस्तार गर्ने निर्णय

सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १७ गते २२:३०
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पटके जाँचपासदेखि यातायात कार्यालय विस्तार गर्ने निर्णय

दाङ : लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा सोमबार सम्पन्न भएको छ । बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । 

यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुनेछ । बैठकले  पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन दोस्रो संशोधन कार्यविधि २०८१ स्वीकृत गरेको छ । 

संशोधित कार्यविधि अनुसार अब अवधि पुगेका र सम्पन्न भएका स्मार्ट कृषि गाउँको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय सरकारको जिम्मेवारीभित्र पर्नेछ । प्रदेश, स्थानीय सरकार र किसानहरुको साझेदारीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

सामाजिक विकास मन्त्रालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय गाभिएको थियो भने सामाजिक विकास मन्त्रालयमा रहेको युवा तथा खेलकुदको जिम्मेवारी छुट्टै युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो । जसले गर्दा मन्त्रीपरिषद् बैठकले बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

ADV

सम्बन्धित खबर