२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

छत्रदेव गाउँपालिकाले गर्‍यो कार्यसम्पादन करार सम्झौता

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ७ गते १८:५१
छत्रदेव गाउँपालिकाले गर्‍यो कार्यसम्पादन करार सम्झौता

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कर्मचारीहरूसँग  कार्यसम्पादन करार सम्झौता गरेको छ ।

गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजन पान्डेसहित एकै पटक पालिकाका कर्मचारी तथा शाखा प्रमुखहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको हो । 

सुरुमा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ  र प्रमुख प्रशासकीय अधिकृत राजन पान्डेबीच पहिलो कार्यसम्पादन करार सम्झौता भएको छ ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली २०६५, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ तथा संघीय र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी निर्देशनहरूको अधीनमा रही कार्य सम्पादन गर्ने गरी  गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत पान्डेसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । 

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत पान्डेले शाखा प्रमुख र आफू मातहतका कार्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे ।

यसैगरी शाखा प्रमुखहरूले पनि आ–आफ्नो मातहतका  कर्मचारीहरूसँग करार सम्झौता गरेका थिए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले कर्मचारीसँग गरिएको  कार्यसम्पादन सम्झौताले गाउँपालिकाको विकासका लागि महत्त्वपूर्ण रहेको बताए । 

कर्मचारीहरूले करार सम्झौतामा उल्लेखित सर्तहरू अक्षरशः पालना गर्नेमा आफू विश्वस्त रहेको श्रेष्ठको भनाइ छ । सेवाग्राहीलाई मुस्कानसहितको चुस्त र छिटो छरितो सेवा दिन आग्रह गर्दै श्रेष्ठले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिने पनि बताए । 

कार्यालय समयमा कोही पनि कर्मचारीले सेवाग्राहीको मन दुख्ने गरी कुनै काम गरेमा वा सेवाग्राहीलाई दुःख दिएमा तथा कार्यालयमा कर्मचारी नरहेको भेटिएको  पाइएमा कडा कारबाही गरिने पनि उनले चेतावनी दिइ । श्रेष्ठले त्यसको निगरानी तथा उचित नीति बनाउन गाउँपालिकाको सुशासन तथा संस्थागत विकास समितिलाई निर्देशन दिए । 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष  मनी पन्थिले दुई वर्षको अवधिमा पहिलो पटक सबै कर्मचारीहरूसँग प्रत्यक्ष रूपमा भेटघाट हुन पाएको बताउँदै गाउपालिकाले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रमहरू सफल पार्न आ–आफ्नो तर्फबाट जिम्मेवार भएर लाग्न आग्रह गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पान्डेले सुशासन प्रवद्र्धन गर्न, कर्मचारीहरूलाई संस्थागत जिम्मेवारीको बोध गराउन, सही रूपमा कार्य सम्पादन गर्न र सेवाग्राहीलाई चुस्त झन्झटरहित सेवा प्रवाह गर्नका लागि कार्यसम्पादन करार सम्झौता प्रभावकारी हुने बताए । 

पान्डेका अनुसार यसपटक कर्मचारीहरूसँग मात्रै करार सम्झौता गरिए पनि आगामी दिनमा वृहत् किसिमले सबै शिक्षक कर्मचारीलगायत गाउँपालिकाको मातहत रहने कर्मचारीहरूसँग पनि कार्यसम्पादन करार सम्झौता गरिने छ ।

ADV

सम्बन्धित खबर

Advertise