२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

गुणस्तरीय काम गर्न भौतिक पूर्वाधार समितिको निर्देशन

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असार ४ गते २२:३२
Shares
गुणस्तरीय काम गर्न भौतिक पूर्वाधार समितिको निर्देशन

अर्घाखाँची : लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास समितिले  अर्घाखाँची जिल्लामा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन निर्देशन दिएको छ । लुम्बिनी प्रदेश मातहतका  विभिन्न ठाउँमा भइरहेका विकास निर्माणको स्थलगत अनुगमन  तथा निरीक्षण गर्नुका साथै कार्यप्रगति तथा वित्तीय प्रगतिको बारेमा जानकारी लिँदै गुणस्तरीय काम गर्न/गराउन सरोकारवालालाई निर्देशन दिइएको हो ।

ncell

समितिका सभापति रामजी प्रसाद घिमिरेको नेतृत्वमा प्रदेशबाट अनुगमनमा खटिएको टोलीमा समितिका सदस्यहरु, प्रदेश सभा सदस्य कृष्णा थारु, सुरुल पुन, यमुना रोक्का लगायत अर्घाखाँची आएका थिए  ।

योजनाहरुको फिल्डमा पुगेर अनुगमन गरेपछि सन्धिखर्कस्थित जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको कार्यकक्षमा भएको छलफलमा  अर्घाखाँचीमा  भौतिक तथा  सरोकारवाला कार्यालयले आ–आफ्नो कार्यालयको प्रगति प्रतिवेदन  प्रस्तुत गरेका थिए । प्रतिवेदन विवरण प्रस्तुत गर्ने कार्यालयहरुमा सडक पूर्वाधार कार्यालयका प्रमुख गोपिराज पुन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख रामभरोस यादव, जलस्रोत विकास तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख भेषराज भुसालले कार्यालयबाट भएका योजनाको प्रगति पेश गरेका थिए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापा, छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ,  जिल्ला समन्वय उपप्रमुख लक्ष्मी शर्मा, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला  समन्वय अधिकारी ऋषिराम भुसाल, प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौर, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल र जिल्ला समन्वय समितिका सदस्यहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

uae

सम्बन्धित खबर